Connect with us
Kapilvast Forest

कर्णाली करिडोरको तीथिमा मालबहाक ट्रक दुर्घटन

२०७९, २५ चैत्र शनिबारमा प्रकाशित

हुम्ला- कर्णाली करिडोरको बाजुुरा जिल्लाको तीथि चौरमा धनगढीबाट हुम्लाको सलीसल्लातर्फ शनिबार बिहान आउँदै गरेको मालबहाक ट्रक दुर्घटना भएको छ । उकालो सडकमा गुडी रहेको ट्रक एक्कासी ब्रेक फेल भएपछि ब्याक भएर सडकबाट पाँच मिटर तल खसेको हो ।

ट्रकमा ८८ क्वीन्टल लिमिटेडको ढुवानी अनुदानको खाद्यन्न लोड गरिएको थियो । दुर्घटना भएको सु.प.प्र०१ ००१ख २४९४ नम्बरको ट्रकमा चालक खड्का मात्रै हुनुहुन्थ्यो । ट्रक सडक निर्माणका क्रममा निस्केको ठूलो चट्टान अड्कीएको छ । चट्टन नभएको भए ट्रक कर्णाली नदद्यीमा खस्ने अवस्था रहेको चालक खड्का बताउनुहुन्छ ।

ट्रक चालक रबिन्द्र खड्काले कर्णाली करिडोरको बाजुुरा खण्डको हिमाली गाउँपालिका–४ को तीथि चौरको उकालो सडकमा गुडी रहेको ट्रक एक्कासी ब्रेकफ्रेल हुँदा ब्याक भएर सडकबाट तल पल्टिएको बताउनुुभयो । सो ट्रकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढीबाट पैदल मार्गबाट ढुवानी भएर आउनुु पर्ने खाद्यन्न ओसारी रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu