Connect with us
Kapilvast Forest

पौने तीन लाख नक्कली नोटसहित एक युवा पक्राउ

२०७९, २६ चैत्र आईतवारमा प्रकाशित

सर्लाही- सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन ।

सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका-५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो ।

बरहथवा नगरपालिका-१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार पक्राउ रायका साथवाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हाे ।

प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu