Connect with us
Kapilvast Forest

उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक

२०७९, २७ चैत्र सोमबारमा प्रकाशित

जनकपुरधाम- मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् ।

अस्पतालको शय्यामा पल्टिरहेकी मन्तोरियालाई कसैले केही सोध्नासाथ आँखाबाट आँसुको भेल बग्छ । सहयोगको आशमा उनी आफ्नो पीडा अभिव्यक्त गर्न खोज्छिन् ।उनी अस्पतालबाट डिस्चार्ज भएको ३६ दिन भइसकेको छ तर उपचार खर्चवापतको ६ लाख ६९ हजार ३०० र फर्मेसीमा औषधिको २ लाख ५ हजार ७८२ तिर्न बाँकी छ ।

उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् ।

सो रकम नतिरी उनी घर जान पाएकी छैनन् । अस्पतालमै छ तीन बालबच्चा र वृद्ध ससुराको बसाइ । कसले बिल तिरिदिने र कसरी घर जाने कुनै टुंगो छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu