Connect with us
Kapilvast Forest

खेलौना ठानेर बम खेलाउँदा दुई बालबालिकाको मृत्यु

२०७९, २८ चैत्र मंगलवारमा प्रकाशित

घाज्नी फगानिस्तान- देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विस्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ । दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu