Connect with us
Kapilvast Forest

दुई महिना बित्दा पनि विस्तार भएन मन्त्रीपरिषद्

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार गठन भएको दुई महिना पुगे पनि मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन। उहाँ मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्ट नै माघ २७ गते तीन सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो।

विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने उहाँको भनाइ थियो तर गठबन्धन दलबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा दुई महिनासम्म मन्त्रीमण्डल विस्तार हुन सकेको छैन।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले पनि ठूलो दलको हैसियतले अझै एकवटा मन्त्रालय लिनु पर्ने अडान राखेको छ। दलहरूबीच मन्त्रालय भागबन्डाको कुरा नमिलेका कारण मुख्यमन्त्रीले मन्त्रीमण्डल विस्तार गर्न हतार नगरेको बुझिएको छ।

प्रदेशमा छवटा मन्त्रालय रहेका छन्। जसमध्ये नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले एक–एक मन्त्रालय लिइसकेका छन्। अब चार मन्त्रालय बाँकी रहेको अवस्थामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र र चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले दुई दुई वटा मन्त्रालयसहित राज्यमन्त्री र समितिको सभापति दाबी गरिरहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu