Connect with us
Kapilvast Forest

राष्ट्रिय परिचयपत्र रुजु गर्नेकाम निजीलाई दिनु गलत : अध्यक्ष केसी

२०८०, ३ बैशाख आईतवारमा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको काम गलत भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज उहाँले सो कुरा बताउनुभएको हो । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको चर्चा गर्नुहुँदै उहाँले सो काम स्वीकार्य नभएको उहाँको भनाइ छ ।

अध्यक्ष केसीले सात दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्षम्य रहेको बताउनुभयो । उहाँले लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाडन नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र निकाय बनाउने पहल भइरहेका बेला हतार–हतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक छ ।’

एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्याङ्कमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्वीकार्य भएको उहाँको भनाइ छ । यो कारोबारको ठेक्का दिँदा देशको विधिविधानले स्थापित गरेको मापदण्डभन्दा घटाएर जम्मा ७ दिनको बोलपत्र गर्ने काम कानुनी रुपमा पनि अक्षम्य रहेको उहाँले चर्चा गर्नुभयो । “देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्विकार्य छैन ।

जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी सम्परीक्षणमा ल्याउनु बाञ्छनीय हुन्छ ।” नयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मख्ख परे पनि परिणाम त्यस्तो नआउने उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu