Connect with us
Kapilvast Forest

गुल्मीमा सडेको अवस्थामा शव फेला पहिचान खुलेन

२०८०, ६ बैशाख बुधबारमा प्रकाशित

गुल्मी- बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो । नाम थर वतन लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घटनास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पहिचानको लागि शव गुल्मी अस्पतालमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । आफन्त वा नातेदार कोही हराएको छ भने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध समेत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu