Connect with us
Kapilvast Forest

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । तीन महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन । कैलारी गाउँपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई आएका विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको जनाइएको छ ।

यथाशीघ्र तलब माग गर्दै गाउँपालिकामा कार्यरत १४ जना स्वास्थ्यकर्मीले गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् । यसै गरी आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सङ्घीय सरकारबाट बजेट व्यवस्था भई नआएसम्म मासिक रूपमा स्थानीय तहले नै तलब भुक्तानीको ग्यारेन्टी गर्नु पर्ने स्वास्थ्यकर्मीहरूको माग पूरा नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै जाने प्रमुख चौधरीले बताउनुभयो ।

नियमित मासिक रूपमा पाउनु पर्ने तलब र भत्ता नपाउँदा पारिवारिक अवस्था दयनीय बन्दै गएको स्वास्थ्यकर्मीले जनाएका छन् । तलब नपाउँदा घर खर्च चलाउन बालबच्चाको शैक्षिक खर्च जोहो गर्न समस्या भएको उनीहरूको भनाइ छ । यसै गरी मासिक रूपमा पेस गर्नु पर्ने र अनलाइन इन्ट्री गर्नु पर्ने प्रतिवेदन पेस नगर्ने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu