Connect with us
Kapilvast Forest

आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्ला

२०८०, १८ बैशाख सोमबारमा प्रकाशित

सिन्धुपाल्चोक- नेपाल–चीनबिचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीन तर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिनु भयो । दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन् ।

चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ । आज मितेरी पुलबाट तीन वटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रजिअ न्यौपानेले बताउनु भयो ।

उक्त तीन कन्टेनर अहिले मितेरी पुल काटेर चिनियाँ भू–भागको झाङ पोर्ट पार्किङ पुन निमार्ण भइरहेको बजार इलाका भेगमा पुगेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu