Connect with us
Kapilvast Forest

सङ्घीय कृषिमन्त्रीलाई सुझाव

२०८०, १८ बैशाख सोमबारमा प्रकाशित

काठमाडौँ- मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले सङ्घीय बजेटमा कृषि कार्यक्रम समावेश गराउनका लागि सङ्घको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।

मन्त्री कुशवाहाले आइतबार कृषिमन्त्री डा. वेदुराम भुसाललाई भेटेर सङ्घीय बजेटमा प्रदेशका लागि करिब ६.७ अर्ब रुपियाँको कार्यक्रम समावेश गर्न परियोजनासहितको विवरण बुझाउनुभएको छ ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबमोजिम कतिपय कार्यक्रम प्रदेश सरकारको बजेट सिलिङका कारण सङ्घीय कृषि मन्त्रालयको सहयोग आवश्यक रहेको मन्त्री कुशवाहाले बताउनुभयो । उहाँले करिब ६.७ अर्ब रुपियाँको कार्यक्रम सङ्घीय कृषि मन्त्रालयअन्तर्गत समावेश गर्न परियोजनाको विवरणसहित मन्त्री भुसाललाई बुझाएको बताउनुभयो ।

कृषिमन्त्री भुसालले बजेटको अवस्था हेरेर आफूले यी कार्यक्रमलाई समावेश गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । तोकिएको सिलिङका आधारमा कार्यक्रम तयार गर्ने काम भइरहेको छ त्यसमा समावेश गराउने प्रयास आफूले गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको मन्त्री कुशवाहाले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu