Connect with us
Kapilvast Forest

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । शुक्रवार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो ।

चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री हुनुहुन्छ । अहिले बिना विभागीय मन्त्रीका रूपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी हुनुहुन्छ ।

प्रदेशमा नेपाली काँग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा ८ दल सहभागी छन् । विश्वासको मत पाएपछि मन्त्रीमण्डल बिस्तार गर्ने चौधरीको तयारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu