Connect with us
Kapilvast Forest

उपसचिव विश्वकर्माको २० दिनमै सरुवा

२०८०, २१ बैशाख बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- कपिलवस्तु शिवराज नगरपालिका शिक्षा शाखामा कार्यरत उपसचिव पुर्ण बहादुर विश्वकर्माको २० दिन मै सरुवा भएको छ । कपिलवस्तु शिवराज नगरपालिकामा विगत लामो समय देखी कार्यरत शिक्षा शाखा प्रमुख पुर्ण बहादुर विश्वकर्मा बढुवा भई २०७९ फागुन ११ गते शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयमा हाजिर भए ।

विश्वकर्मा शाखा प्रमुखबाट उप सचिव पदमा बढुवा भई शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयमा हाजिर भएका थिए । उपसचिव विश्वकर्मा बढुवा भइ २०७९ चैत्र ९ गते शिवराज नगरपालिकमा पुनं काजमा हाजिर भएका थिए ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले काजमा आएका पुर्ण विश्वकर्मालाई शिगराज नगरपालिकाबाट पुनं २०७९ चैत्र २९ गते मन्त्रालयमा तानेको छ । अन्यत्र सरुवा भएका विश्वकर्मा पटक पटक शिवराज नगरपालिकामा आउन खोज्नुले केही आर्थिक चलखेल हो की भन्ने प्रश्न नागरिक माझ उब्जीएको छ ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले चैत्र २९ गते सुचना पठाए पनि शिवराज नगरपालिकाले २०८० को बैशाख ६ गते मात्र उक्त पत्र दर्ता गरेको हो । शिवराज नगरपालिकामा सरुवा पत्र ढिलो दर्ता गरेकाले पालिका प्रती स्थानियले शंका व्यक्त गरेका छन । शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले पत्र केही दिन ढिलो प्राप्त भएकाले पत्र पाउन साथ दर्ता गरिएको बताउनु भयो ।

शिवराज नगरपालिकाले उपसचिव विश्वकर्माको रमाना पत्र दिन ढिलाई गरेको बुझीएको छ । सरुवा भएको २१ दिन भित्र रमाना पत्र बुझेको हुनुपर्छ । विश्वकर्मालाई पुनं शिवराज मै कामकाज गर्नका लागि जनप्रतिनिधीहरु सेटीङ मिलाउन व्यस्त रहेको स्रोतले जनाएको छ ।

विश्वकर्मा शिवराज नगरपालिकामा विगत ५ बर्ष भन्दा बढी समय कामकाज गर्दै आएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu