Connect with us
Kapilvast Forest

अलपत्र परेको छावाको उद्धार

२०८०, २२ बैशाख शुक्रबारमा प्रकाशित

दमक- भारतबाट नेपाल आएर अलपत्र परेको एउटा हात्तीको छावाको झापामा सकुशल उद्धार गरिएको छ । झापाको मेचीनगरस्थित बाहुण्डाँगीमा भारततर्फ आएका दुई दर्जन सङ्ख्यामा रहेका हात्तीहरूसँगै उक्त छावा पनि मानिसहरूको होहल्ला भएपछि हात्तीको हुल छावालाई छाडेर भारततर्फ फर्किएको जनाइएको छ ।

करिब एक महिनाको जस्तो देखिने छावालाई स्थानीयले घाइते अवस्थामा भेटेपछि पानी तथा आवश्यक आहारा खुवाएर स्नेहका साथ उसको आमालाई भेट गराउन र उपचाका लागि उद्धार गरेर भारततर्फ नै पठाइएको मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

यसैबिच बिहीबार बिहान सोही हात्तीको हुलमा रहेको हात्तीको आक्रमणमा परेर एक भारतीय नागरिक गम्भीर घाइते बन्नुभएको थियो । उहाँलाई पनि स्थानीय उद्धार गरेर भारत पठाएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu