Connect with us
Kapilvast Forest

सशस्त्रका डीएसपी पौडेलविरुद्धको जाहेरी प्रहरीले लिन मानेन

२०८०, २३ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- सशस्त्र प्रहरी बलको काभ्रे गणका प्रहरी नायब उपरीक्षक डीएसपी पंकज पौडेलविरुद्धको जोहरी प्रहरीले दर्ता गर्न मानेको छैन । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित घर अगाडि छिमेकीसँग भएको जग्गा विवादमा सर्वोच्च अदालतले स्टेअर्डर दिएको थियो । त्यसपछि पनि छिमेकीसँग विवाद गरेर धम्की दिने गरेको आरोप पौडेलविरुद्ध लागेको छ ।

शुक्रबार घरमा सशस्त्र प्रहरीका केही सादा पोशाकका कर्मचारी समेत ल्याएर आफूहरुको परिवारविरुद्ध कुटपिट गरेको छिमेकी कृष्णभक्त श्रेष्ठको आरोप छ । कुटपिटबाट श्रेष्ठ, उनकी पत्नी जेठा छोरा किरण र कान्छा छोरा शरण घाइते भएका छन् ।

कुटपिट भएपछि श्रेष्ठ परिवारले नेपाल प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनीहरुलाई उद्दार गरेर भक्तपुर इन्टरनेश्नल अस्पताल लोकन्थली भर्ना गरेको श्रेष्ठ बताउँछन् । अस्पतालमा उनीहरुको उपचार जारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu