Connect with us
Kapilvast Forest

एन्टिमाईक्रोबियल रेसिस्टेन्स र जेनेटिक डिजिज्बारे अभिमुखीकरण

२०८०, २५ बैशाख सोमबारमा प्रकाशित

कपिलवस्तु-
कृष्णनगरमा आयोजित कार्यक्रममा एन्टिमाईक्रोबियल रेसिस्टेन्स र जेनेटिक डिजिज्बारे समयमै सतर्कता अपनाउन नसकिए समाजमा भयावह अवस्था आउन सक्ने भएकाले सबैको ध्यान जानु पर्ने जरुरी देखिएकोछ । कृष्णनगर नगरपालिकाद्वारा आयोजित एन्टिमाईक्रोबियल रेसिस्टेन्स र जेनेटिक डिजिज्बारे अभिमुखीकरण कार्यक्रममा अहिले एन्टिमाईक्रोबियल औषधी जथाभावी प्रयोग हुदा शरिरमा रहेको सुक्ष्मजीव बलियो बनेर रोग निवारण गर्न यस्ता समस्या आईरहेकाछन् ।

गाउघर, सहरबजारमा प्रतिजैविक प्रतिरोध (एन्टिमाईक्रोबियल औषधी) अत्यधिक, अनावश्यक र अनउपयुक्त ढंगले प्रयोग भईरहेकाले संक्रमण निको हुनुको साटो बल्झिदै गएकोछ । यस्ले रोग निदान गर्न धेरै समय लाग्ने, खर्च बढने र मृत्युसम्म हुनेहुदा यो अहिलेको चुनौतीको विषय बन्दै गएकोछ । त्यस्तै पशुपंक्षी, कुकुर, रागा, बोका र बुगुरकाकारण पनि जेनेटिक डिजिज् देखिएकाले यस तर्फ पनि समयमै सतर्कता अपनाउन स्थानीय सरकारले अग्रसरता लिएर काम गर्नु पर्ने कुरामा जोड दिईएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय क्षयकुष्ट अधिकृत मोहम्मद इर्फान, कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शंकर भटराई र भगवानपुर स्वास्थ्य चौकीका जन स्वास्थ्य निरिक्षक नन्दगोपाल बढईले सहजीकरण गरेका थिए । कार्यक्रममा कृष्णनगर नगरपालिकाका १० स्वास्थ्य चौकी र दुई शहरी स्वास्थ्य क्लिनिकका १४ जना स्वास्थ्यकर्मी सहभागी थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu