Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा औषधी आभाव

२०८०, २५ बैशाख सोमबारमा प्रकाशित

सनिउल्ला धोबी- मौसम परिर्वतन सगैँ स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढेको छ तर कपिलवस्तुको शिवराज नगरपालिकामा औषधी आभव भएको छ । नगरपालिकामा सिटामोल लगायतका औषधी आभाव भएको हो । ज्वरो निको पार्नका लागि महत्वपुर्ण मानिएको सिटामोल औषधी नगरपालिकाको स्वास्थ्य संस्थामा आभाव भएको हो ।

नेपाल सरकारले निशुल्क गरेको सिटामोल शिवराजमा नहुदाँ विरामीहरु निजि स्वास्थ्य क्लीनिकबाट खरिद गर्न बध्य भएका छन । बालबालिकाले प्रयोग गर्ने सिटामोला (झोल) लगायत औषधी शिवराज नगरपालिकाको स्वास्थ्य संस्थामा नहुदाँ विरामीहरु निजि क्लीनिकमा खरिद गर्न बध्य भएका हुन ।

नेकपा माओवादी केन्द्र शिवराज नगरका कार्यावहाक अध्यक्ष चिन्ता परियारले नागरिकको स्वास्थ्य माथि खेलवाड गरिनु गलत भएको बताउनुभयो । यथासिघ्र औषधी खरिद गरी सेवा प्रवाह गर्नु पर्ने कार्यवहाक अध्यक्ष परियारले भनाई रहेको छ ।

शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले औषधी खरिद प्रक्रिया अघी बढेको बताउनुभयो । औषधी खरिदको टेन्डर निस्कासन भएकोले केही दिनमा आवश्यक औषधी खरिद गर्ने प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu