Connect with us
Kapilvast Forest

अन्ततः मैले पनि अर्घाखाँची छाड्ने भए

२०८०, १ जेष्ठ सोमबारमा प्रकाशित

पुन्हरी घिमिरे-
हरियाली पहाड को बस्ती,कल्कलाउदो चिसो अनि मीठो त्यो मुलको पानी,स्वर्गीय आनन्द आउने त्यो मेरो प्यारो अर्घाखाँची ! विविध बाध्यात्मक परिस्थिति र पातलिदो बस्तीका कारण खेप्नुपरेको हरेक कष्ट हरुलाई नजिकैबाट नियालेको र जंगली जनावर आतंक जस्ता सास्तीका कारण आज म मेरो प्यारो जन्म ठाउँ लाई कसैको जिम्मा लगाएर निस्कने सोच बनाएको छु !जन्मिए देखि दुखसुख हरेक परिस्थिति लाई सामना गर्दै उब्जनी हुदा नहुदा आर्थिक स्थिति नाजुक हुदाहुदै पनि कहिले निरास नबनी पारिवारिक सदस्य लाई दुखी नबनाउने मेरा बाबा आमा संगै म जन्मिएको माटो लाई सधै सम्मान छ । म कहिले बिर्सने छैन म जन्मिएको माटो अनि त्यो माटोमा फल्ने आरु,बखडा,अमिला,आँप,बेलाउति,जाबुना,फडेल,अमला,तरुल,नास्पाती कटुस,धार्ने,खल्टु,जस्ता मलाई मन पर्ने फलफूल अनि यता बाँसको तामा,गावा,न्याउरो ,जलुका अनि बिर्सनै नहुने कैराल को फुल बाट बनेको अचार ! त्यो गाउँमा हुदा मोजाको बल बनाएर खेल्ने साथीहरुले बिर्सिएर गएपनी मैले बिर्सेको छैन । जलुकेको चौरमा घुना(गोलाकार ढुङ्गाबाट खेलिने खेल)डन्डी बियो,जलुकेको खेतमा कृकेट खेल्ने ती साथी अनि भङ्याङ्ग,भालटाकुरे,चोके डाडा तिर गाई बस्तु चराउने घाँस काट्ने दौतारि कसरी भुल्न सकु ! घाँस काट्न सिकाई भारी बनाउन सिकाउने उता माजाका खोलाबाट(गाउँको बिच सेन्टरमा पर्ने पिउने पानी भएको खोला) पानी बोक्न जाने बोकाईदिने जेठि,साईली,काईली,राईली,कान्छी आमा हरु लाई कसरी बिर्सन सक्थे होला र ! गाईवस्तु चराउन जादा हरेक बिरुवाको नाम चिनाउने हलो,हरिस,अनो बनाउन सिकाउने बास को चोया काट्न भर्लाको पौट्टा(एक किसिमको रसि) कात्न सिकाउने ती दाजुभाई,बुवा अन्कल हरु बिर्सने कुरै रहेन । आरिचौर ,चाम्रे,खेत हरुमा बस्ने शितखोलामा पौडी खेल्ने माछा मार्ने अनि गोरू लडाउने(साडे जुदाई ) गरेका सबै यो मनमा सेभ गरेर राखेको छु । केही गरि ती दिन आउलान कि भनेर धेरै खुम्चिएर बस्न बिवस म आजका मितिबाट जन्म ठाउँ बाट बसाइँसराइ गर्ने निधो गरे भाग्यको खेल थाहा छैन भोलि के हुन्छ । समयमै गाउँ छाडेका र प्रगति गरिसकेका लाई भन्न सजिलो छ यो बौलायो भनेर तर उनिहरुलाई के थाहा गाउँमा के हविगत भएको छ ? बिकास को नाममा पाखा र सुक्का मौसममा डाडा उधिनिए शिक्षा स्वास्थ्य रोजगार को त कुरै छाडौं ! उचित शिक्षा अध्यन गर्नको लागि धेरै टाढाको बाटो धाउनुपर्ने बाध्यता आजको थिएन जुन मैले पढ्दैगर्दा भोगेको थिए त्यस्मा एक रथी सुधार आएको छैन । गाउँमा सानो सरकारी बिधालय जस्मा ३ कक्षा सम्म अध्यापन हुने गर्थ्यो ३ कक्षा उतृण गरेका बालबालिका झन्डै २ घन्टा पैदल हिनेर बिद्यालय धाउनुपर्ने बाध्यता हट्न सकेको छैन । ती कच्ची बाटाहरुमा सुनौलो भविस्य बोकेर झोलाभरी किताब बोकेर आफ्नो वजन भन्दा धेरै वजन संग परेट खेल्नुपर्ने बाध्यता मैले पढ्ने बेला देखिकै हो र अहिले पनि उस्तै छ । बिहान १० बजे हाजिर हुनको लागि कम्तीमा ७:३० बजे घरबाट निस्किनुपर्थ्यो बर्खामा बाडिपहिरोको सास्ती सामान्य पुल को समेत ब्यावस्था हुन नसकेको देख्दा सारै दुख लाग्छ । स्थानीय सरकार आए सुधार गर्लान भन्दा पाखा डाडा उधिनेर हिउदे बिकास देखाउन मै ब्यास्त देखिन्छन् फोन गर्नकै लागि अग्लो ठाउमा जानुपर्छ नेटवर्क कस्ले बनाउने,वालवालिका टाढाको बाटो हिनेर पढ्न बाध्य छन सुधार कस्ले गर्ने कम्सेकम उच्च शिक्षाको लागि त भएन कम्सेकम १० सम्म पढ्ने बालबालिकाको लागि त गम्भीर हुनुस जनप्रतिनिधि ज्यु हरु । घना जङ्गल बढ्दै गर्दा उता बढ्दो बसाइँसराई बाट कम्सेकम केही बुझ्नुस। गाउँमा कुनै कार्जे पर्दा १२ /१५पाथी चामलको भात पकाउनै पर्थ्यो । त्यसरी नपकाए पुग्थेन ‘तर अहिले ती सबै एकादेशको कथाजस्ता भए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu