Connect with us
Kapilvast Forest

विद्युत् ट्रान्स मिटर परिवर्तन गर्दा करेन्ट लागेर मृत्यु

२०८०, ८ जेष्ठ सोमबारमा प्रकाशित

विद्युत् मर्मतका लागि पोल चढेका इलेक्ट्रिसियनको खसेर मृत्यु

भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आइतबार अपराह्न भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा विद्युत् कर्मचारीलाई सहयोग गर्ने एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समिति, भरतपुर २५ शुक्रनगरमा काम गर्ने बाँके जानकी गाउँपालिका २ घर भएका वर्ष २० को देसराज कोरी रहेका छन् । करेन्ट लागि घाइते भएका कोरीको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको र चिकित्सकीय परीक्षण पछि उनको मृत्यु भएको घोषणा गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu