Connect with us
Kapilvast Forest

शिवराजमा राज्यस्रोतको चरम दोहन, अनुगमनको लागि २८ लाख

२०८०, ८ जेष्ठ सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- चुनावको समयमा यो गर्दिन्छु त्यो गर्दिन्छु । भत्ता लिदैन, निशुल्क सेवा गर्छु भन्ने उम्मेदवारहरुले निर्वाचित भएपछी लाखौँ रकम भत्ता लिने गरेको पाइन्छ । कपिलवस्तुको शिवराज नगरपालिकाले एक आर्थिक बर्षमा मात्र २८ लाख रकम योजना अनुगमनमा खर्च गर्ने गरी राज्यको स्रोत माथि चरम होदन गरेको पाइएको छ ।

कपिलवस्तु मिडिया प्रालीले सुचनाको हक प्रयोग गरी माग गरेको विवरणमा चालु आर्थिक बर्ष २०७९।०८० को अनुगमनको लागि मात्र २८ लाख विनियोजन गरिएको विवरणमा उल्लेख गरिएको छ । शिवराज नगरपालिकाले अहिलेसम्म ९७ वटा योजना मात्र अनुगमन गरेको विवरण उल्लेख गरेको छ ।

कपिलवस्तु मिडियाले चालु आर्थिक बर्ष ०७९।८० को हाल सम्म कति पटक, कुन कुन योजनाको अनुगमन भयो सोको प्रतिलिपी । साथै हाल सम्म अनुगमन वापतको कति रकम खर्च भयो ? सो को विल भरपाइ प्रमाणित प्रतिलिपी  र आर्थिक बर्ष २०७८।०७९ र चालु अर्थिक बर्ष २०७९।८० मा अनुगमनको लागि कति रकम विनियोजित गरीएको हो को प्रमाािण्त प्रतिलिपी माग गरेको थियो । नगरले अंशिक सुचना मात्र उपलब्ध गराएको छ ।

यस भन्दा पुर्व नगर प्रमुख नेत्र राज अधिकारीले योजना अनुगमनको लागि मात्र २० लाख विनियोजन गरेका थिए भने वार्तमान नगरप्रमुख अजय थापाले २८ लाख रकम अनुगमनको लागि विनियोजन गरी काम गरिरहेका छन । जुन पुर्व मेयर अधिकारी भन्दा ८ लाखले बढी छ ।

नागरिक समाजका अगुवा रवि ठाकुरका अनुसार स्तानिय तहका जनप्रतिनिधीले आपनै योजनाको अनुगमन गरि भत्ता लिनु गलत भएको बताउनुभयो । राज्यबाट तलब लिइ रहेका जनवप्रतिनिधी र कर्मचारीले अनुगमनको नाममा भत्ता लिनु राज्यस्रोतको दोहन भएको बताउनुभयो ।

जनप्रतिनिधी र कर्मचारीले तलब सुविधाका साथै लाखौ रकम भत्ता लिनुले राज्यको स्रोतको दुरुपयोगका साथै रकम दोहन भएको नागरिक समाजका आगुव ठाकुरले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu