Connect with us
Kapilvast Forest

अन्धोपन न्यूनीकरण गर्न जनप्रतिनिधिको प्रतिबद्धता

२०८०, १३ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तु, १३ जेठ ।
कपिलवस्तुका जनप्रतिनिधिहरूले  सबैको सहकार्य र एकताले मात्र अन्धोपन न्यूनीकरण हुने बताएका छन् । सहभागीहरूले अझै पनि धेरै जनताहरू आँखा स्वास्थ्य सेवाबाट वञ्चित भएको भन्दै जनताको सेवा गर्न आफूहरूले पनि साझेदारी गर्ने बताए । कपिलवस्तुको चन्द्रौटामा शनिवार आयोजित कार्यक्रममा महाराजगन्ज नगरपालिका नगरप्रमुख अब्दुल कलामले अन्धोपन न्यूनीकरणका लागि आफूले २० वर्ष देखि सक्रिय रहेको भन्दै अन्धोपन न्यूनीकरणमा साझेदारीमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले आफ्नो पालिकामा रहेको अन्धोपन न्यूनीकरण र छन्द कालोबावु नारायणी आँखा अस्पतालको वृद्धि विकासका लागि आफूहरू तयार रहेको बताउनुभयो । ‘हिजो पनि हाम्रो सहयोग रहेको थियो भोलि पनि रहने छ, उहाँले भन्नुभयो ।’ 

त्यस्तै बुद्धभुमि नगरपालिकाका नगरप्रमुख  केशव कुमार श्रेष्ठले आफूहरूले आँखा अस्पताललाई विगत देखि सहयोग गदै आएको आगामी दिनमा पनि हुने बताउनुभयो । सबैको समन्वय सहयोगले मात्र अन्धोपन न्यूनीकरण हुने बताउनुभयो । ‘हामीहरू सहयोगका लागि सधैँ तयार छौँ साझेदारी र सहयोग हुने छ ,।’उहाँले  भन्नुभयो । 

त्यस्तै छलफल कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख  अजय थापाले छन्द काले बाबु नारायणी आँखा अस्पताल सँग मिलेर विभिन्न शिविर तथा आँखा सम्बन्धी कार्यक्रम सञ्चालन भएको भन्दै साथ र सहयोग रहने बताउनुभयो ।  ‘ अन्धोपन न्यूनीकरण मा साझेदारी सहित हामीहरू सहयोग गर्न तयार छौ उहाँले भन्नुभयो ।  कार्यक्रममा प्रमुख प्रशासक सम्शेर थापाले  सहयोगी दातृ निकाय, राष्ट्रिय  स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीतिको विषयमा सहभागीहरूलाई प्रकाश पारेका थिए ।  

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu