Connect with us
Kapilvast Forest

अवैध उत्खनन् गरेकाे विरोधमा पालिका घेराउ

२०८०, १६ जेष्ठ मंगलवारमा प्रकाशित

दाङको राजपुर गाउँपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको भन्दै गाउँपालिकाको कार्यालय घेराउ गरिएको छ । “अवैध उत्खनन् बन्द गर। नदी दाहोन गर्न पाइंदैन” भन्दै पालिका घेराउ गरिएको हो ।

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिती थियो । उत्खनन् अनुमतिको वाहना मात्रै गरेर दोहन गरिरहेको भन्दै आन्दोलनरत पक्षले निष्पक्ष छानविनको माग समेत गरेका छन् । दुई लाख घनमिटर भन्दा बढी गिट्टी बालुवा उत्खनन् गरेर क्रसर मार्फत विक्री गरिएको आन्दोलन पक्षको आरोप छ ।

आन्दोलन पक्षले गाउँपालिका अध्यक्षकै मिलोमतोमा उत्खनन् गरेको आरोपसमेत लगाएका छन् । राजपुर गाउँपालिका बहुमुत कार्यपालिका सदस्यले आन्दोलनरत पक्षलाई समर्थन गरेको पाइएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष श्यामवहादुर रोकाले अनुमति लिएको भन्दा ज्यादै धेरै मात्रामा उत्खनन् गर्ने र त्यसको राजश्व पनि नतिरेका कारण आफूहरुले विरोध जनाएको जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu