Connect with us
Kapilvast Forest

बजेटको मुखमा भित्रिए ११ सय बिजुली गाडी

२०८०, १७ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं -सरकारले विद्युतीय गाडीमा कर बढाउन लागेको अति संवेदनशील सूचना बजेटअघि नै चुहाएको खुलेको छ । सूचना चुहिएका कारण बजेट भाषणको मुखमा ११०० भन्दा बढी चारपाङ्ग्रे विद्युतीय गाडी अस्वाभाविक रुपमा नेपाल भित्रिएका छन् ।

वैशाखमा आएको असौतभन्दा बढीको बिजुली गाडीसमेत जोड्ने हो भने यो संख्या १३०० भन्दा बढी पुग्छ । राजस्व वृद्धिको सूचना चुहिंदा सरकारले करिब सोझै ९० करोड राजस्व गुमाएको देखिएको छ ।

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (साउन–वैशाख)सम्म जम्मा २ हजार ९५५ वटा विद्युतीय गाडी सवारी आयात भएको थियो । बजेट आउनु अघिको १५ दिनमा वीरगञ्ज, रसुवागढी, तातोपानी र भैरहवा नाकाबाट मात्र ११२१ विद्युतीय सवारी भन्सार जाँचपास भएर भित्रिएको पाइएको छ ।

१० महिनामा जति विद्युतीय गाडी आयात भएको छ, त्यसको एक एक तिहाईभन्दा बढी (३८ प्रतिशत) बिजुली गाडी बजेट अघिको दुई सातामा भन्सार जाँचपास हुनुले सूचना चुहिएको पुष्टि हुने भन्सार अधिकारीहरु नै बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार वैशाख महिनामै पनि विद्युतीय गाडीको आयात स्वभाविक दरमा भएको थिएन । सरकारले विद्युतीय गाडीमा थप कर बढाउने गृहकार्य गरिरहेको सूचना बाहिरिएपछि भन्सारहरुमा बिजुली गाडीको जाँचपास वैशाखदेखि नै बाक्लिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu