Connect with us
Kapilvast Forest

दलितमाथिकाे विभेद विरूद्ध अझै लड्नु पर्छ : मन्त्री श्रेष्ठ

२०८०, १७ जेष्ठ बुधबारमा प्रकाशित

हेटाैडा-  बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले  दलितमाथि विभेद र उत्पीडन अहिले पनि रहिरहेकाे भन्दै दलित समुदाय एक जुट भएर लड्नु पर्ने बताउनु भएकाे छ ।

आज हेटौंडामा सुरु भएको दलित महिला संघ (FEDO) को बागमती प्रदेश स्तरीय सम्मेलनलाई सम्वाेधन गर्दै मन्त्री श्रेष्ठले   नेपाली समाज वर्ण र बर्ग घालमेल भएको समाज भएकाे बताउनुभयो ।

एउटै सिक्काको दुई पाटोको रूपमा रहेको वर्ण (जात) र बर्गको समस्यालाई उतिकै महत्त्व दिएर समाधान गर्दै लैजानुपर्छमा जाेड दिनुभयाे ।

“दलित समस्या आदिकालदेखि थियो र अनन्तकालसम्म रहन्छ । यो मानव निर्मितभन्दा पनि भगवान सिर्जित (प्राकृतिक) समस्या हो । आदिकालदेखि चल्दै आएको धर्म,परम्परा, संस्कृतिलाई भत्काउनु हुन्न, त्यसको सम्बर्द्धन गर्नुपर्छ” भन्नेहरू दलित बिरोधी प्रतिगामी सोंच राख्नेहरू भएकाे श्रेष्ठले बताउनुभयो ।

मन्त्रीले श्रेष्ठले भन्नुभयाे  दलितमाथि विभेद र उत्पीडन त छ, तर यो आजको आजै हट्दैन; बिस्तारै हटाउँदै जानुपर्छ। मिलेर बसेको समाजको सामाजिक सद्भाव खलबलिन दिनुहुन्न भन्ने यथास्थितिवादी सोंच पनि खतरनाक  कुरा हाे ।

मन्त्री श्रेष्ठको प्रश्न थियो- “बिस्तारै भनेको कहिलेसम्म हो ?२०२० सालमा मुलुकी ऐन संशोधन गरेर जातको आधारमा छुवाछूत गर्न नपाइने कुरा राजा महेन्द्रले घोषणा गरेको पनि त ६० बर्ष नाघिलाग्यो  ।

मन्त्री श्रेष्ठले रूपान्तरण आदेश र उपदेशबाट हुँदैन । आफैंबाट सुरु गर्नुपर्छ भन्दै दलित-दलितबीचमा रहेको चर्को छुवाछूत र भेदभाव अन्त्य नगरेसम्म दलित मुक्ति संभव नहुने कुरा बताउनुभयाे ।

सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुभएकाे थियाे । भने  दलित महिला संघका संस्थापक दुर्गा सोवलगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएकाे थियाे ।

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाबाट झन्डै ५०० दलित महिलाहरूको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu