Connect with us
Kapilvast Forest

सिन्धुलीलाई प्रदेशकै नमुना क्षेत्र बनाउँछु : मन्त्री श्रेष्ठ

२०८०, २१ जेष्ठ आईतवारमा प्रकाशित

सिन्धुली-बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई ५ वर्षभित्रमा बागमती प्रदेशकै नमुना क्षेत्र बनाउने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सिचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पुगेका बेला आफ्नो निर्वाचन क्षेत्र सिन्धुली २(२) लाई बागमती प्रदेशकै नमुना क्षेत्र बनाउने बताउनु भएको हो ।

आफ्नो निर्वाचन क्षेत्र बागमती प्रदेश सभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा सबैभन्दा पुछार ६६ औं नम्बरमै रहेको भन्दै यस क्षेत्रलाई विकासको दृष्टिले पहिलो नम्बरमा ल्याउने बताउनुभयो।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकालाई धान पकेट क्षेत्र घोषणा गर्ने बताउनुभयो। त्यस्तै घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरी कृषि क्रान्ति ल्याउने उहाँको भनाई छ ।

मन्त्री श्रेष्ठ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थबहादुर लामालाई लिएर सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने बज्रमारा सिंचाइ आयोजनाको संभाव्यता अध्ययन गर्न पुगेका थिए । सो सिंचाइ आयोजनाले दसौं हजार बिगाह उर्वर भूमि सिंचाइ गर्नसक्ने बताइएको छ ।

उहाँले सिन्धुली, काभ्रे र मकवानपुर जिल्लाको सीमाना जोडिएको स्थल भोर्लेनी नजिकै बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त दसौं हजार खेतीयोग्य जमिनमा सिंचाइको लागि पु¥याउन सकिने उल्लेख गर्नुभयो ।

यस आयोजनाको डिपिआर समेत तयार भैसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०र०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu