Connect with us
Kapilvast Forest

यसरी समातियो टिप्पर सहित सालका गोलिया काठ

२०८०, २१ जेष्ठ आईतवारमा प्रकाशित

सनिउल्ला धोबी
कपिलवस्तुको विजयनगर गाउँपालिका क्षेत्रबाट काठ तस्करका घटना हुनु कुनै नौलो होइन । विजयनगर क्षेत्र काठ तस्करको मुख्या नाका नै मानिन्छ ।
विगतका घटना हेर्दा ठाकुरापुर, नौरानिया, जवाबैराठ लगायतका क्षेत्रमा काठ तस्करको आड्डाको रुपमा चिन्निन्छ । भारतिय बनबाट कालो सिसम, साल जातका नेपाल भित्राउने ठूलो गिरोह नै रहेको छ ।

टिप्पर सहित काठ कसरी पक्राउ भयो ?

इलाका प्रहरी कार्यालय गणेशपुरले वन क्षेत्रमा काठ तस्कर हुन्छ भने सूचना पहिल्यै पाएको थियो ।

गणेशपुर प्रहरी मताहात पर्ने ठाकुरापुर चौकी, खडैचा प्रहरी चौकीका प्रहरी गोप्य रुपमा काठ तस्करको निगरानी गरिरहेका थिए ।

प्रहरीले सादा पोशाकमा बन क्षेत्रका आसपास नजर लगाएको थियो । तस्करहरुले आज काठ निकासी गर्ने सूचना पाए लगतै गणेशपुर प्रहरी कार्यालयका प्रहरेव निरीक्षक कृष्ण रानाले प्रहरी परिचालन गरे ।

सादा पोसाकका दुई प्रहरी मोटरसाइकलमा विजयनगर १ सेमरी चाफा नाकामा बसे । रातको करिब १२ बजे प्रहरीले सगै लिएर गएको मोटरसाइकल विच बाटोमा राखी आफू जंगलमा लुके ।

ना ८ ख २०५१ नम्बरको टिप्पर धुलो उडाउदै सेमरी चाफामा पुग्यो । विच बाटोमा मोटरसाइकल पल्टिएको देखेर टिप्पर रोकियो । टिप्पर रोक्न साथ जगंलमा लुकेका प्रहरी टिपर तर्फ आउन थाले । टिप्पर चालकले प्रहरीलाई देखेपछि जंगल तर्फ भागे ।

प्रहरीले टिप्पर र टिप्परमा लोड गरिएको काठलाई देख्ना साथ गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानालाई खबर गरे ।
रातको करिब १२: ३० बजे प्रहरीको टोली पुगी
अबैध रुपमा लोड गरिएको गोलिया टिप्पर सहित नियन्त्रणमा लियो ।

प्रहरीको थप टोलीसगै नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुका सचिव पाबेल सी, गौतम बुद्ध साझेदारी वन ब्यवस्थापन समितिका अध्यक्ष प्रबेज खान, समितिका सदस्य अकबर खान लगायत पुग्नु भएको थियो ।

टिप्परमा साल जातको २० थान गोलिया काठ रहेको छ । कुल २ सय १७.०९ क्यु.फिट काठ रहेको गौतमबुद्ध साझेदारी वन ब्यवस्थापन समितिले जनाएको छ ।

बरामद काठ र टिप्पर गौतम बुद्ध डिभिजन कार्यालय चन्द्रौटाको कार्यालयमा राखि थप अनुसन्धान जारी राखेको सूचना अधिकारी गणेश चौधरीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu