Connect with us
Kapilvast Forest

दुई पटक पारित भएको नागरिकता विधेयक फेरि सदनमा ल्याउनु संसद्कै अपमान : प्रधानमन्त्री

२०८०, २२ जेष्ठ सोमबारमा प्रकाशित

spi

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्ले दुई दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि सदनमा ल्याउनु संसद्कै अपमान हुने बताउनु भएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा विपक्ष सांसदहरूले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरिएकोमा आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अघिल्लो सदनले दुई दुई पटक विधिसम्मत ढङ्गले पारित गरेको सो विधेयक अहिलेको संसद्ले मान्दिनँ भन्न नमिल्ने तर्कसमेत गर्नुभयो ।

संसद् पनि अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले संविधानसम्मत ढङ्गले अघिल्लो सदनले दुई–दुई प्रमाणीकरण गर्नका लागि पठाएको विधेयक त्यसो नगरेर तत्कालीन राष्ट्रपति विद्या भण्डारीले संविधान मिचेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई खारेज गर्न पनि सम्भव नभएकाले राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु परेको स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले सो कुरा उल्लेख गरिरहँदा विपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान विपरीत रहेको जिकिर गर्दै आपत्ति जनाउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu