Connect with us
Kapilvast Forest

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पाँच सय ४२ जना पर्यटक भित्रिए

२०८०, २४ जेष्ठ बुधबारमा प्रकाशित

lumbini nepal

प्रहलाद यादव, लुम्बिनी-
आन्तरिक पर्यटक सँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । यसै क्रममा पछिल्लो ५ महिना अर्थात् २०२३ को जनवरी देखि मे महिनासम्म कुल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।
सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गर्नुभएको थियो । नेपाल, भारत र तेश्रोमुलुक (६७ देश)का पासपोर्टधारी नागरिक सहितको गतवर्षको भन्दा यसवर्षको संख्या एक लाख आठ हजार चारसय ८६ ले बढी छ ।


सन् २०२३ को जनवरी देखि मे महिनासम्मा ६७ देशका ३४ हजार चारसय १३ जना पासपोर्टधारी, तीन लाख २४ हजार दुइ सय ६८ जना नेपाली र एक लाख ११ हजार आठ सय ६१ जना भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गर्नुभएको तथ्याङ्क छ । जब कि गत वर्ष दुइ हजार ६ सय ८७ पासपोर्टधारी, दुइ लख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गर्नुभएको थियो ।
यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिक बाहेक थाइलैण्डका आठ हजार दुइ सय ४७, श्रीलंकाका पाँच हजार सात सय २१, म्यानमरका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुइ सय ३५, कोरियाली दुइ हजार ९ सय २९, चाइनिज एक हजार दुइ सय आठ र अन्य देशका सात हजार ६ सय ७५ जना पासपोर्टधरी नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको लुम्बिनी बिकास कोषले बताएको छ ।


गत वर्ष २०२२मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेश्रो मुलुक ९६ देशका पासपोर्टधारी दुइ हजार ६ सय ८७, नेपाली दुइ लाख ८९ हजार पाँच सय ९४ र भारतीयको संख्या ६९ हजार सात सय ७५ रहेको थियो । तेश्रो मुलुकका पासपोर्टधारीको गणना गर्दा भियतनामी ६ हजार ९ सय २३, थाइ चार हजार तीन सय ८०, श्रीलंकन एक हजार आठ सय ८५, म्यान्मर एक हजार चारसय ९५ तथा अन्य ९ हजार दुइसय ५९ रहेका छन् ।

जबकि कोरोनाको अबधि २०२१मा ६८ देशका एक हजार एक सय ९७ जना पासपोर्टधारीले लुम्बिनी भ्रमण गर्नुभएको थियो । त्यसैगरि सन् २०२०को जनवरीमा १३ हजार एक सय सात, फेबरुअरीमा २१ हजार ६ सय ६७ र मार्च महिनामा आठ हजार तीन सय ६३ जना त्यसपछि नोवेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा भिआइपी दुइ हजार एक सय ६६ गरि कुल ४५ हजार तीन सय २९ जना पासपोर्टधारीले लुम्बिनी भ्रमण गर्नुभएको थियो ।

त्यसैगरि सन् २०२१ मा चार लाख ६३ हजार ९ सय ६३ जना नेपाली र ४३ हजार सात सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गर्नु भएको थियो भने २०२०मा दुइ लाख दश हजार ३३ जना नेपाली र ३७ हजार दुइसय ६ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गर्नुभएको लुम्बिनी बिकास कोषले उपलब्ध गराएको सुचनामा उल्लेख छ । त्यसअघि २०१९मा भने नेपाली, भारतीय र तेश्रत्त मुलुक गरि कुल १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गर्नु भएको थियो ।


लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाइ बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहर स्थलहरूको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा, पर्यटक बृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन ब्यवसायी संघका अध्यक्ष हुसेनी लोधले बताउनुभयो ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक संख्याको यो वृद्धि पर्यटन उद्योगकालागि एक सकारात्मक संदेश रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँदछ भने रोजगार र आय सम्बन्धी अवसरहरू पनि प्रदान गर्दछ ।” यो तथ्यांक मायादेबी मन्दिर परिसरमा प्रबेस गर्नेहरुको मात्र हो । मायादेबी मन्दिर प्रबेस नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटकपनि थुप्रै रहेको उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu