Connect with us
Kapilvast Forest

शिवराजको भिडियो एक्सरे मेसिन विग्रेको विर्गाै, पालिकाले ध्यान नदिएको गुनासोँ

२०८०, २८ जेष्ठ आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल – कपिलवस्तुको शिवराज नगरपालिकाले सन्चालन गरेको आधारभुत स्वस्थ्य सेवा अस्पतालको भिडियो एक्स—रे मेसिन विग्रिएपछी सेवा ग्राहीलाई समस्या भएको छ । गत बैशाखको दोस्रो हप्ता देखी नै भिडियो एक्स—रे मेसिन विग्रिएको हो ।

शिवराज नगरपालिका आधारभुत स्वस्थ्य सेवा अस्पतालले एक सुचना प्रकाशित गरी भिडियो एक्स—रे मेसिन विग्रीएको जनाएको छ । एक बर्ष पहिले पनि सोही एक्सरे मेसिन विग्रीएपछी मर्मत गरी सेवा सन्चालन गरिएको थियो ।

भिडियो एक्स—रे मेसिन विग्रीएको १ महिना भन्दा बढी हुदाँसम्म मर्मत तर्फ पालिकाले ध्यान नदिएको पाइएको छ । निशुल्क भिडियो एक्स—रे को सेवा लिन आएका सेवाग्राही फिर्ता हुनु परेको छ ।
आर्थिक अवस्था कमजोर भएकी शिवराज ४ बरगदवाकी एक महिलाले भिडियो एक्स—रे मेसिन विग्रेकाले अर्कै निजि क्लिनिकमा एक्सरे गराउनु परेको बताइन ।
भिडियो एक्सरे सेवा बन्द हुँदा दर्जनौं बिरामी नजिकका निजी स्वास्थ्य संस्था र बाहिरी जिल्लामा जानु परेको छ । अस्पतालमा गर्भवतीका लागि सस्तामा दिइने यो सेवा निजी स्वास्थ्य संस्थामा एक हजार बढी लाग्ने गरेको बिरामीहरु बताउँछन ।

भिडियो एक्स—रे मेसिन मर्मत गर्नका लागि बुटवल लगायतका स्थानमा जानकारी गरे पनि मर्मत हुन नसकेको शिवराज नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । भिडियो एक्स—रे मेसिन विग्रेएको विषय पालिका प्रमुख अजय थापा र प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेलाई समेत जानकारी रहेकोले अब छिटै मेसिन मर्मत गर्ने स्वास्थ्य शाखाले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu