Connect with us
Kapilvast Forest

पश्चिमी वायु नेपाल प्रवेश, मध्य तथा पश्चिम तराई वर्षा हुन केही दिन लाग्ने

२०८०, ३० जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौ- पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा देखिएको छ ।

आज कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने मौसम बिभागले जनाएको छ ।

कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

मंगलबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। साथै राती मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

यस्तै देशका मध्य तथा पश्चिम तराईका भूभागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । तसर्थ, अत्याधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन बिभागले आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu