Connect with us
Kapilvast Forest

समाजवादी मोर्चाको घोषणा ४ बजे

२०८०, ४ असार सोमबारमा प्रकाशित

काठमाडौं -समाजवादी मोर्चाको घोषणा सोमबार अपरान्ह ४ बजे हुने भएको छ। त्यसका लागि राष्ट्रियसभा गृहमा घोषणा सभा आयोजना गरिएको छ। आइतबारको शीर्ष नेताहरूको बैठकमा सोमबार अपरान्ह ३ बजे घोषणा गर्ने समहति भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्र संखुवासभा गएपछि मोर्चा ४ बजे घोषणा हुने भएको हो।

समाजवादी मोर्चामा नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लबलगायतका नेताहरुबीच सहमति जुटेपछि आज समाजवादी मोर्चा घोषणा हुन लागेको हो।

सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गर्न लागिएको नेताहरुले बताएका छन्। चार दलका शीर्ष नेता छलफलमा जुट्नु अगाडि दोस्रो तहका नेताहरुबीच पनि बिहान छलफल भएको थियो। कार्यदलले मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारेको छ।

यसलाई अन्तिम रूप दिन आज बैठक बोलाइएको थियो। असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भनेपनि आन्तरिक तयारी नपुगेको भन्दै मोर्चा घोषणा हुन सकेको थिएन।
समाजवादी मोर्चा बने २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu