Connect with us
Kapilvast Forest

निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री

२०८०, १४ असार बिहीबारमा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुहुँदै उहाँले आर्थिक एवं औद्योगिक विकासका लागि परिसङ्घबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यावहारिक सुझाव प्राप्त भइरहेको र त्यसलाई सरकाले प्राथमिकतामा राखेको बताउनुभयो ।

परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसङ्घ पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँगको भेटमा पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरेको थियो। परिसङ्घ अधयक्ष राजेश अग्रवालले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन आग्रह गर्नुभयो ।

बजेटले लिएको छ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा अग्रवालले जोड दिनुभयो । उहाँले स्वदेशी उत्पादनको प्रबद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढङ्गले प्रस्तुत हुन आग्रह गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu