Connect with us
Kapilvast Forest

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, नयाँ मूल्य कति ?

२०८०, १९ असार मंगलवारमा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः ७.५, ६ र ५ रुपैयाँले मूल्य घटाएको हो ।

साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।

योसँगै पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटर पर्ने छ । यसैगरी डिजेल र मट्टितेलमा क्रमशः १४७ देखि १५० रुपैयाँ प्रतिलिटर पर्ने छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu