Connect with us
Kapilvast Forest

पूर्वसांसद शाहको पहलमा शिवराजमा एम्बुलेन्स

२०८०, १ श्रावण सोमबारमा प्रकाशित

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेकप्रताप शाहको पहलमा शिवराज नगरपालिकाले एम्बुलेन्स पाएको छ । कपिलवस्तु क्षेत्र नं. ३ का तत्कालीन सांसद शाहको अनुरोधमा नेपालका लागि भारतीय राजदूतावासले शिवराज नगरपालिकालाई एम्बुलेन्स दिएको हो । एम्बुलेन्सले शिवराज नगरपालिकाका जनतालाई सानो भएपनि राहत हुने अपेक्षा आफूले लिएको कांग्रेस नेता शाहल वताउनुभएको छ ।
पुर्व सांसद शाहको पहलमा भारतीय राजदूतावास लैनचौरले आइतबार बिहान शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेता शाहले यस अघि पनि शिवराज नगरपालिकालाई अक्सिजन सहितको सुविधाजनक एम्वुलेसन हस्तारण गर्नुभएको थियो । त्यस्तै उहांको पहलमा नेपाल आर्दश मावि शिवपुरलाई वस र कृष्णनगर नगरपालिकाले पनि एम्वुलेशन पाईसेकका छन ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका शाहले कपिलवस्तु क्षेत्र नं. ३ का जनताको लागि सेवामा सधै सक्रिय रहने वताउनुभएको छ । कपिलवस्तु क्षेत्र न ३ वासीका हरेक समस्या समाधानको लागी आफु सधैं प्रतिवद्ध रहेको वताउनुभएको छ ।
नेता शाहले आफनो पहलमा आएका एम्वुलेसन र वसहरु नागरिक प्रति पुर्ण जिम्मेवार भएर संचालन गर्न आग्रह गर्नुभएको छ । उहांले विजयनगर गांउपालिकाको लागी पनि एम्वुलेसनको पहल भईरहेको वताउनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu