Connect with us
Kapilvast Forest

ऊर्जा दशक घोषणाको तयारी, १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्ने

२०८०, २ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौ – ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी ऊर्जा दशक घोषणाको तयारी गरेको छ ।

विद्युत विकास विभागको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उर्जा मन्त्री शक्ति बहादुर बस्नेतले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादनको महत्वाकाक्षी लक्ष्य सहित ऊर्जा विकास दशक मार्गचित्र घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘यसको लागि कार्यदल बनाएर आवश्यक तयारी गर्ने काम अन्तिम अवस्थामा पुगिसेकेको छ’ उनले भने । मन्त्री बस्नेतले अहिले निजी क्षेत्रले भोगिरहेका समस्या समाधान पनि यही मार्गचित्रमार्फत सम्बोधन गर्ने तयार भइरहेको बताए ।

‘सरकार र निजी क्षेत्रबीच अब सहकार्य र पूरकको भुमिका अघि बढ्नुपर्छ, नकि अवरोधकको रुपमा’ उनले भने । आउदा दिनमा जलविद्युत्को विकाससँगै जलवायु परिवर्तनको प्रभाव’दयगतमा पनि सचेत हुनुपर्ने र आवश्यक तयार थाल्नुपर्नेमा उनले जोड दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu