Connect with us
Kapilvast Forest

प्रयोगमा नआउँदै भत्कियो शीतभण्डार

२०८०, ८ श्रावण सोमबारमा प्रकाशित

दाङको बङ्गलाचुली गाउँपालिकामा निर्माण भएको शीतभण्डार प्रयोगमा नआईकन भत्किएको छ । बङ्गलाचुली गाउँपालिका–५, मुर्कुटीमा निर्माण गरिएको शीतभण्डार भत्किएको हो ।

कृषि उत्पादनका सामग्री राख्ने गरी निर्माण गरिएको शीतभण्डार भत्किँदा करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बङ्गलाचुली गाउँपालिकाको करिब ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५३ लाख र लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार गरी एक करोड २७ लाख रुपियाँ खर्च गरेर सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको थियो ।

शीतभण्डार प्रयोगमा नआउँदै भत्किएको लोहारपानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष गोपाल वलीले बताउनुभयो। कोषाध्यक्ष वलीले भन्नुभयो, “शीतभण्डार निर्माण भएको वर्ष बर्खाको समयमा पानी, पहिरो झरेर हल्का क्षति पुगेको थियो । त्यसलाई मर्मत गरेका थियौँ तर गत वर्षको असोजमा आएको पहिरो शीतभण्डार भवनमा खस्दा कामै नलाग्ने गरी भत्किएको छ ।”

शीतभण्डार मर्मतका लागि बजेट माग गरे पनि गाउँपालिकाले नदिएको कोषाध्यक्ष वलीले बताउनुभयो। उहाँले भन्नुभयो, “पहिरोले शीतभण्डारमा असर गरेपछि सहकारीले मर्मत गर्न सक्ने अवस्था छैन । त्यही भएर मर्मतका लागि गाउँपालिकालाई भनेका थियौँ। गाउँपालिलकाका अध्यक्षले बजेटको व्यवस्था गरिदिने पनि बताउनुभएको थियो तर बजेट पार्न सक्नुभएन ।” बङ्गलाचुलीमा उत्पादन हुने सुन्तला, अदुवा, कागतीलगायत तरकारी राख्ने उद्देश्यले शीतभण्डार निर्माण गरिएको थियो।

सहकारी संस्थाका कोषाध्यक्ष वलीका अनुसार बङ्गलाचुलीको साकिने र कुरुलेमा सन्तुला खेती हुने गरेको छ। उहाँले भन्नुभयो, “गाउँमा उत्पादन हुने सुन्तलासँगै अदुवा, कागतीलगायत तरकारी राख्ने गरी शीतभण्डार निर्माण गरेका हौँ तर निर्माण भएको भवन प्रयोगमा नआउँदै भत्किन पुगेको छ ।”

बङ्गलाचुली गाउँपालिका–५ का निवर्तमान अध्यक्ष एनुराज खत्रीले कोल्डस्टोर सही प्रयोजनका लागि निर्माण भए पनि उपयुक्त ठाउँ छनोट नहुँदा पहिरोका कारण भत्किन पुगेको बताउनुभयो । शीतभण्डार मर्मत गरेर प्रयोगमा ल्याउन सके मुर्कुटी, सकिने, कुरुले, रिभानलगायतका क्षेत्रका किसानलाई राहत पुग्ने उहाँको भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu