Connect with us
Kapilvast Forest

कपिलवस्तुमा शव फेला

२०८०, ८ श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडेको अवस्थामा शव फेला परेको छ । विजयनगर गाउँपालिकाको वडा नम्बर ६ उज्ज्वलपुर बस्ने ५० वर्षीय राम सहनी यादवको शव सडेको अवस्थामा भेटीएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।

साउन ६ गते घरायसी विवादका कारण यादव बेपत्ता भएका थिए । खोज तलास गर्दै जदाँ गौतमबुद्ध साझेदारी वन कार्यालयको पोखरीको नजिककै तलाउमा यादवको शव भेटीएको प्रहरीले जनाएको छ ।

स्थानीयले शव देखी पछी प्रहरीलाई खबर गरेका थिए । यादवको शव सडेको अवस्थामा भेटीएको छ । शवलाई जिल्लाको शिवराज अस्पताल बहादुरगञ्जमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक रानाले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu