Connect with us
Kapilvast Forest

धनगढीमा अवैध क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ

२०८०, १० श्रावण बुधबारमा प्रकाशित

सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा अनुमति विना अवैध रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

मंगलबार स्वास्थ्य कार्यालय कैलालीसँगको समन्वयमा धनगढी उपमहानगरपालिका-३ को बोराडाँडी र ७ को देवहरियामा अनुमतिविना सञ्चालन गरिएका दुई वटा क्लिनिकका सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बोराडाँडीमा रहेको अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र देवहरियाको अभिनव हेल्थ क्लिनिककी सञ्चालक २१ वर्षीया कमला बोहरालाई पक्राउ गरिएको जानकारी दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu