Connect with us
Kapilvast Forest

अमानविय व्यवहार होइन त्यो अक्षम्य अपराध हो

२०८०, १५ श्रावण सोमबारमा प्रकाशित

  •  सम्पादकीय

शुक्रबार राती भएको घटनाले शिवराजवासी सबै महिलाहरुमा त्रास उत्पन्न गराएको छ । जनताले तिरेको करबाट तवल खाने कर्मचारी कुलतमा मातेर महिला अस्मितामाथि धावा बोल्दा समेत घटना आइतबारसम्म बाहिर आउन सक्दैन । नगरपालिकाकाले सञ्चालन गरेको आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका ३ का भुवन पाण्डेले मध्यराती मदिरा सेवन गरेर जसरी महिलामाथि अमानविय व्यवहार गरे त्यो अक्षम्य अपराध हो । पीडितले बोल्ने आट गरे त्यसबाट शिवराजमा ठुलो दुर्घटना टरेको छ । आइतबार हामीसंग ती पीडित महिलाले बोल्ने आँट नगरेको भए भोलिका दिनमा त्यो भन्दा डरलाग्दो घटना शिवराजमा घट्ने थियो । पीडित महिलाले शुक्रबारको घटनाले शनिवारसम्म पिरोलिरहेको थियो । आफनै सहकर्मीबाट त्यो हदसम्मको व्यवहारले उनको आँखा आइतबारसम्म ओभाएको थिएन ।

पीडा कसलाई सुनाउने भन्नेमै त्रासमा पीडीत थिए । पीडितले हाम्रो सञ्चार माध्यम न्युज सेन्टर नेपाललाई आफनो कुरा भन्दा समेत न्याय पाइने हो की होइन ? भन्नेमै चिन्तित थिइन । हामी अन्याय विरुद्ध नलड्ने हो भने पद र शक्तिको मातले मात्तिएकाबाट भोलिका दिनमा शिजराजकै मात्र हौइन देशकै दिदीबहिनी असुरक्षित हुनेछन भनेर हामीले पीडीतले दिएको प्रारम्भिक बयानलाई आधार बनाएर समाचार सबै भन्दा पहिले ब्रेक गर्यौ ।

समाचारले शिवराज नगरवासीमा सन्नाटा छाएको थियो । हाम्रो सञ्चार माध्यममा समाचार आउदाँ यस्तो घटना शिवराजकै स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्मानित व्यक्तिले गर्छ भनेर कतिले विश्वास गरेकै थिएनन । घटनामा संलग्नको व्यक्ति नगरपालिका भित्र उनीहरुको रजगतले धेरै चल्ने गरेको थियो । उनीहरु देशको कानुन भन्दा माथि छौ भन्ने भान गर्ने गर्दथे । पीडीतले आइतबारसम्म पनि डराई डराई हामीसंग न्यायको याचना गरेकी थिइन ।

पीडित महिलाको न्यायको पक्षमा अपेक्षा धेरै गरिएको अवस्थामा नगरपालिकाले निकालेको विज्ञप्तीमा साढे २ सय शब्दमा पिडितलाई न्याय दिने पक्षमा ५० शब्द पनि छैन । कर्मचारीबाट भएको हर्कतलाई निसन्देश समाचार बनाउदाँ हामी विरुद्ध नै हतार हतार विज्ञप्ती निकालिएको छ । हाम्रो समाचार प्रसारणपछि जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गराईकी छिन । 

मदिरा सेवनगरी महिलालाई अत्यन्तः नीज शब्दहरुको प्रयोग गर्न सक्ने आट ती आरोपीमा कसरी आयो? घटनालाई सामान्यकरण गरेर पीडितलाई न्यायबाट बञ्जित गर्न त खोजिदै छ । जसले पहिलो पटक समाचार प्रसारण गरेर अपराधीलाई कानुनी कठघरमा ल्याउन सहयोग गर्ने सञ्चार माध्यम बन्यो त्यही सञ्चार माध्यम विरुद्ध नगरप्रमुख र प्रसासनीक अधिकृतले सयुक्त्त विज्ञप्ती प्रति धेरै प्रश्न चिन्ह खडा भएको छ ।

हाम्रा बिरुद्ध नगरपालिकाले विज्ञप्ती निकाल्नु भन्दा पीडितको न्याय र अपराधीलाई कारवाहीको अपेक्षा नगरवासीले गरिरहेका छन । समाचार प्रसारणपछि बाध्य भएर नगरपालिकाले आरोपीतलाई जिम्मेबारीबाट बर्खास्त त गरेको छ तर त्यसा व्यक्तिले नगरवासीको स्वास्थ्यमा अहिलेसम्म कसरी उपचार गरेका थिए भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

जुन घटना भएको छ त्यो एक मानवले गर्न सक्दैन । घटनालाई सामान्यकरण गरेर दोषीलाई उक्काउने प्रयास भन्दा पनि दोषीलाई हदैसम्मको कारवाही गरेर भविष्यमा यस्तो हर्कत शिवराजमा दोहोरिने छैनन भन्ने विश्वास लिएका छौ ।

हामीलाई अझै आशंका छ कतै मुद्दालाई कमजोर बनाउने र पीडितलाई बयान फेर्न लगाएर दोषी उम्काउने प्रयास त हुदैन ? हामी कसैलाई अन्याय परेको हेरेर बस्न सक्दैनौ न्यायका लागि हाम्रो कलम निरन्तर चलिरहने छ । र अन्त्यमा फेरी नगरपालिकालाई भन्न चाहन्छौं पहिला अपराधीलाई कारवाही गरेर देखाउँ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu