Connect with us
Kapilvast Forest

मानव बेचबिखनको अवस्था: १८ वर्षमुनिका बालिका बढी पीडित

२०८०, १६ श्रावण मंगलवारमा प्रकाशित

नेपालमा मानव बेचबिखन अपराधमा १८ वर्षमुनिका पीडित बालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको तथ्याङ्क छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार करिब दुई वर्षअघि आर्थिक वर्ष २०७७–७८ मा १८ वर्षमुनिका पीडित बालबालिकाको सङ्ख्या एक सय ८७ रहेकोमा बालकको सङ्ख्या एक र बालिकाको सङ्ख्या ७९ छ ।

सो आवमा १८ वर्ष माथिका पुरुष तीन र महिला १०४ गरी जम्मा पीडितको सङ्ख्या एक सय ८७ छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभिन्न प्रलोभनमा मानिसहरु हवाइमार्ग र स्थलमार्गको माध्यमबाट विदेश जानेगरेको बताउनुभयो । उहाँले स्थलमार्गबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ग्राउण्डबाट जानेहरु भारत मात्र जान्थे । अहिले भारत हुँदै तेस्रो मुलुक जान्छन् । जाँदाखेरी आफन्तसँगै जाने गर्छन् । भारतमा जाने भनेपछि रोकतोक गर्ने आधार भएन । अहिले पनि दैनिकजसो भिजिट भिसामा जान्छन्, कानुनमा जाने व्यवस्था पनि छ ।”

एक वर्षअघि आर्थिक वर्ष २०७८–७९ मा १८ वर्षमुनिका पीडित बालकको सङ्ख्या एक र बालिकाको सङ्ख्या ८२ रहेको प्रहरीको तथ्याङ्क छ । सो वर्ष पीडित पुरुष १० र महिलाको सङ्ख्या ११८ रहेको छ ।

प्रहरीले भिजिट भिसामा जानेहरु हप्तामा करिब ८० देखि ९० जनालाई विमानस्थलबाटै फर्काउने गरेको छ । उहाँले भन्नुभयो, “जस्तो कि, इराक जाने भन्छन् । उसको त्यहाँ कोही आफन्त पनि हुँदैन । सरकारले त्यहाँ काम गर्न दिएको छैन ।” उहाँले सरकारले काम गर्न प्रतिबन्धित देशमा पनि आर्थिक प्रलोभनदेखि रोजगारी, पढाइ, फिल्म खेलाइदिन्छुसम्म भनेर प्रलोभनमा पार्ने गरेको बताउनुभयो ।

प्रहरीले अवैधानिक रुपमा जानेले बोर्डरमा झुटो बोल्नेगरेको जनायो । नाताले छोरी पर्छ भने पनि नाता प्रमाणित नभएका कयौं केशहरु रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छोरी भन्छन्, छोरी र उसको नाता प्रमाणित देखिँदैन । नाबालकदेखि कतिपयको त गाउँबाट नै सिफारिस बनाएर ल्याइएको हुन्छ उपचार गर्न भनेर । बाहिर लगेपछि अरु नै कार्यमा लगाइन्छ, पीडित बनाइन्छ, अन्य क्रियाकलाप, शोषण गर्ने गरिन्छ ।”

पछिल्लो समय आर्थिक वर्ष २०७९–८० मा पीडित बालकको सङ्ख्या एक र बालिकाको सङ्ख्या ८४ रहेको तथ्याङ्क छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu