Connect with us
Kapilvast Forest

बुटवलमा धर्म, ज्योतिष एवं वास्तु सम्मेलन हुदै, नेपाल र भारतका ज्योतिषी तथा वास्तुविद् आउदै

२०८०, १७ श्रावण बुधबारमा प्रकाशित

बुटवल। बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन आयोजना हुने भएको छ ।

विश्व ज्योतिषी महासंघ लुम्बिनी प्रदेशले आयोजनामा साउनको १९ र २० गते सम्मेलन हुने भएको हो ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलन गर्न लागिएको बताउनुभयो ।

सम्मेलनमा तीनवटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनको पहिलो दिन धर्मशास्त्र विशेषज्ञ प्रा.डा.देवमणि भट्टराईले अशौच परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्नु हुने छ भने दोस्रो दिन ज्योतिष शास्त्रमा वैदेशिक यात्राका विषयमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, प्रशिक्षण वास्तु तथा जीवनमा डा.माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

दुई दिने सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग सहभागीतार रहने आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल र भारतका गरी पाँच सय भन्दा बढीको सहभागिता रहने बताईको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu