Connect with us
Kapilvast Forest

समाजवादी मोर्चाको सभा आज पोखरामा

२०८०, १५ भाद्र शुक्रबारमा प्रकाशित

समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना गरिसकेको मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गर्न लागेको हो ।

सो सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभाको पूर्वसन्ध्यामा मोर्चाको गण्डकी प्रदेश संयोजन समिति पनि गठन गरिएको छ । मोर्चामा आबद्ध पार्टीबाट तीन–तीन जना सदस्य रहने गरी प्रदेश समिति गठन गरिएको नेकपा (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले जानकारीदिए । मोर्चामा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चाका सदस्य छन् । यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन् ।

सचिव पौडेलका अनुसार मोर्चा समितिको अध्यक्षता आलोपालो गर्ने सहमति छ । हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गायत्री गुरुङले मोर्चाको नेतृत्व गरेकी छिन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको थियो । मोर्चालाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्ने नेताहरुले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu