Connect with us
Kapilvast Forest

गोरखामा शंकास्पद वस्तु फेला , कुकरभित्र सिसा, बारुद र लाइटर

२०८०, १६ भाद्र शनिबारमा प्रकाशित

गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निष्क्रिय पारेको हो । टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले जानकारी दिए ।

शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै अहिले सडक सञ्चालनमा आएको छ । आज बिहानै ‘मर्निङ वाक्’ गएका स्थानीयले शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu