Connect with us
Kapilvast Forest

०४७ साल यताका सबै उच्च पदस्थ ब्यक्तिको सम्पत्ति छानबिन हुन्छ : अथक

२०८०, १६ भाद्र शनिबारमा प्रकाशित

भुपाल थापा,कपिलवस्तु- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले २०४७ साल यताका सबै उच्च पदस्थ ब्यक्तिको सम्पत्ति छानबिन बर्तमान सरकारले सुरु गर्ने बताउनुभएको छ ।

०४७ सालदेखि यताका सबै सांसद, मन्त्री, कर्मचारी, प्रहरी लगायत उच्च पदस्थ ब्यक्तिहरुको सम्पत्ती प्रचण्ड सरकारले छानविन गर्ने र सुशासनको प्रत्याभूतिका लागि महत्वपुर्ण कदम चालेको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्र बुद्धभूमि नगरपालिका वडा नम्बर ५ वडा कमिटीले आयोजना गरेको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गहतराजले जनताले चाहेको अधिकार, जनमुखी शासनप्रणाली र भ्रष्टाचारबाट मुक्त समाज निर्माण गर्न रुपान्तरण अभियान चलाइएको बताउनुभयो । ‘जनताको सुख दुःखको साथी माओवादी हुन सक्नुपर्छ । यदि त्यो हुन सकेन भने प्राप्त उपलब्धि सकिन्छ’, उहाँले भन्नुभयो, ‘जनताले चाहेको अधिकार स्थापित गर्न पहिला माओवादी आफैं रुपान्तरण हुनुपर्छ ।’ केन्द्रमा मात्र सुशासनको कुरा उठेको तर प्रदेश र स्थानीय तहका वडातहमा समेत भ्रष्टाचार व्याप्त रहेको गुनासोप्रति उहाले पार्टीको ध्यानाकर्षण भएको समेत जिकिर गर्नुभयो ।

कपिलवस्तुका सबै स्थानीय तहमा सुशासन स्थापित गर्न बुद्धभूमि नगरबाट नै अभियान सुरु गर्ने प्रतिवद्धता समेत गहतराजले जनाउनुभयो । देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उहाको भनाइ छ । इन्चार्ज गहतराजले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्याय माओवादीको एजेन्डा भएपनि पछि सबै दल सोही एजेन्डामा आएको दावी गर्नुभयोे । एजेन्डाको बाहकको रूपमा अभ्यासमा भएका कमजोरी सुधार्ने जिम्मेवारी पनि माओवादीले लिने प्रतिबद्धता जनाउनुभयो ।

यद्यपि, माओवादीले आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित, शोषित, पीडित र गरीबका समस्याका लागि नै जनयुद्ध गरेको बताउँदै उनीहरुमा आएको परिवर्तन माओवादीकै देन हो भनेर बुझाउन नसक्नु नै कमजोरी भएको समेत बताउनुभएको छ । माओवादी केन्द्रले ल्याएको ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ अभियान अन्तरगत सवैको घर–घरमा गएर परिवर्तनको बिषयमा बुझाउँदै उनीहरुको मन जित्नु पर्ने उहाको भनाई छ ।

माओवादी केन्द्र बुद्धभूमि नगरपालिका वडा कमिटी अध्यक्ष जबिउल्ला मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष नजाम मुसलमान, नगर सचिव राबेन्द्र कुमार ठाकुर (रबि) लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन मोहन शर्माले गर्नुभएको थियो । यता, माओवादी केन्द्र कपिलवस्तुले जिल्लाका ७८ वटै वडाहरुमा शनिबार देखि तीन महिने जनतासँग माओवादी बिशेष रुपान्तरण’ अभियानको सुरुवात गरेको छ । सबै वडाहरुमा माओवादी प्रति जनताको आर्कषण र बिश्वास बढ्दै गएको जिल्ला संयोजक बिष्णु बेल्बासेले बताउनुभएको छ ।

बिशेष रुपान्तरण अभियानका निम्ती प्रदेश सदस्यहरु बाणगंगा नगरपालिकामा दिनेश पुन मगर, बुद्धभूमि नगरपालिकामा राजेन्द्र आचार्य, कपिलवस्तु नगरपालिकामा सरोज खनाल र कमला भुसाल, शिवराज नगरपालिकामा हजरत अलि, महाराजगंज नगरपालिकामा अर्जुन सापकोटा, कृष्णनगर नगरपालिकामा बिष्णु बेल्बासे, बिजयनगर गाउँपालिकामा मौलाना मसहुद र सुकई थारु, यशोधरा गाउँपालिकामा सुवास सल्यानी र लालसिंह यादव, मायादेवी गाउँपालिकामा बिजय जैसवाल र घरभरन यादव र शुद्धोधन गाउँपालिकामा नारायण भुसाल र सुस्मा यादव खटिएका छन् ।

यस्तै, अभियान अन्र्तगत ५ जना केन्द्रिय सदस्य किस्मत बिकलाई शुद्धोधन र मायादेवी गाउँपालिकामा खटाइएको छ । मकसुद अलिलाई कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा, वकिल मुसलमानलाई महाराजगंज नगरपालिका र कृष्णनगर नगरपालिकामा, छमकुमारी खनाललाई बाणगंगा नगरपालिकामा खटाइएको छ ।

यस्तै, भिम कुमारी बुढा मगरलाई शिवराज नगरपालिकामा, केन्द्रिय सल्लाहाकार यहसान खानलाई बिजयनगर गाउँपालिकामा, रामलौटन तिवारीलाई कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा खटाइएको छ । प्रदेश कोषाध्य निर्दोष अलि मियालाई कृष्णनगर नगरपालिका र प्रदेश सदस्य जाकिर अलि मियालाई मायादेवी गाउँपालिकामा जिम्मेवारी दिइएको माओवादी केन्द्रका जिल्ला सचिव हजरत अलि मुसलमानले जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu