Connect with us
Kapilvast Forest

मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, पाँच जना घाइते

२०८०, २३ आश्विन मंगलवारमा प्रकाशित

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–२ नेसिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेसिङबाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारार्थ जिल्ला अस्पताल लगिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu