Connect with us
Kapilvast Forest

साउथ अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने

२०८०, १ मंसिर शुक्रबारमा प्रकाशित

अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइलनमा साउथ अफ्रिकालाई ३ विकेटले हराउँदै अष्ट्रेलिया फाइनल प्रवेश गरेको हो ।

अष्ट्रेलियाले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत प्रतियोगिताको फाइनल पुगिसकेको छ ।

साउथ अफ्रिकाले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य अष्ट्रेलियाले १६ बल बाँकी छदै ७ विकेट गुमाएर पुरा गर्यो । ट्रेविस हेडले ६२ रन बनाएको इनिङ्समा स्टेभन स्मिथले ३०, डेभिड वार्नरले २९, जोश इङ्ग्सले २८ र मार्नस लाबुसेनले १८ रन बनाए । मिचेल स्टार्स १६ र प्याट कुमिन्स १४ रनमा अविजित रहे ।

६१ रनमा अष्ट्रेलियाको २ विकेट झारेको साउथ अफ्रिकाले सोही अनुसारको प्रर्दशनलाई निरन्तरता दिन सकेन । कमजोर योगफलका कारण साउथ अफ्रिकाले अष्ट्रेलियाविरुद्ध बलिङबाट दबाब सिर्जना गर्न सकेन ।

साउथ अफ्रिकाका जेराल्ड कोएत्जी र तेबरेज शम्सीले समान २ तथा कगिसो रबाडा, एडेन मार्कराम र केशव महाराजले समान १ विकेट लिएका थिए ।

टस जितेर सुरुआती ब्याटिङ गरेको साउथ अफ्रिका ४९ दशमलव ४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो । डेभिड मिल्नरको १ सय १ रनको शतकिय इनिङ्समा हेनरिक क्लासेनले ४७ रन बनाएका थिए ।अन्य कुनै ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन् ।

२४ रनमा ४ विकेट गुमाएर धर्मराएको साउथ अफ्रिकाको इनिङ्सलाई मिल्नरले सम्हालेका थिए । मिल्नरले हेनरिकसँग मिलेर ९५ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।साउथ अफ्रिकालाई सस्तैमा समेट्न प्याट कुमिन्स र मिचेल स्टार्सले समान ३ विकेट लिए । जोस हजरउड र ट्रेविस हेडले समान २ विकेट झारेका थिए ।

समूह चरणमा शानदार प्रर्दशन गरेको साउथ अफ्रिका यसपटक समेत सेमिफाइनल भन्दा अघि बढ्न सकेन । सुरुआती खेल गुमाएपछि पछिल्लो समय फर्ममा देखिएको अष्ट्रेलियाले उपाधिका लागि भारतसँग खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu