Connect with us
Kapilvast Forest

भारतीय मिडियास्टार थापाको पहिलो सर्ट फिल्म ‘महाकाली’ को पोस्टर सार्वजनिक

२०८०, ३ मंसिर आईतवारमा प्रकाशित

भारतीय सोसल मिडियास्टार नव्यश्री(मञ्जु थापा) को पहिलो सर्ट फिल्म ‘महाकाली’ को पोस्टर सार्वजनिक भएको छ । १० डिसेम्बर २०२३ मा ओएसआर नेपाल डिजिटलमार्फत रिलिज हुने महाकाली फिल्म यतिखेर धमाधम छायाँकन भैरहेको छ ।

भारतमा सोसल मिडियाका क्षेत्रमा परिचित नव्यश्री अहिले नेपालमा आफ्नो करियरको पहिलो फिल्मको तयारीमा व्यस्त छिन् । फिल्मको पोस्टर हालै सार्वजनिक भएको छ । ‘महाकाली’ नाम रहेको फिल्म दुई साधारण केटीको माता कालीको भक्ति र त्यसको शक्तिमा आधारित छ । यो सर्ट फिल्म ‘महाकाली’ १० डिसेम्बर २०२३ मा ओएसआर डिजिटलमा रिलिज हुँदैछ ।

नव्यश्री (मञ्जु थापा)ले फिल्म क्षेत्रमा आफ्नो करियर बनाउन नेपालबाट यात्रा थालेकी छिन् । उनी आफ्नो पहिलो फिल्ममा काम गरिरहेकी छिन् । फिल्मको पोस्टर दिपावलीको अवसरमा रिलिज गरिएको हो । पहिलो फिल्म नेपालबाट सुरू गरे पनि आफ्नो सपना बलिउडमा करियर बनाउने रहेको उनी बताउँछिन् ।

त्यसो त नव्यश्रीलाई नेपालप्रति विशेष लगाव छ । नेपालसँग लगाव बढाउन आफ्नो जेठो दाजु गायक उदयराज न्यौपाने र साथी नितिश चौरसियालाइ उनी श्रेय दिन्छिन् । कुनै पनि काम गर्नको लागि उचित मार्गदर्शन र सहयोग गर्ने असल गुरु चाहिने बताउने नव्यश्रीले दाजु न्यौपाने र साथी चौरसियाको साथले आफू बलियो बनेको बताउँछिन् ।

आफ्नै परिकल्पनामा डिेसेम्बरमा रिलिज हुने चलचित्र महाकालीको बारेमा उनी उत्साहित छिन् । कथा एउटा सानो परिवारका दुईजना साथीको जीवनमा आधारित रहेको छ । जसले धेरै दुःखमा जीवन बिताइरहेका थिए र माता महाकालीको पूजा गर्दा माता कालीले उनीहरुको दुःख मेटिएको भन्ने आस्तिक सोचमा बनिरहेको छ । चलचित्रमा समाजलाई नारी शक्तिको अनुभूति गराउने क्रममा स्नेह, दया, माया, त्याग लगायत नारीका विभिन्न रुपहरु देखाइने नव्यश्रीले बताइने । चलचित्रमा नारीलाई यातना दिइयो भने त्यही माया गर्ने नारी पनि चण्डी, दुर्गा, महाकाली बन्छिन् भन्ने सन्देश पनि बोकेको छ ।

नवश्रीले आफू एक महिला भएको र महिलाले हरेक क्षेत्रमा सम्मानका साथ योगदान पुर्याउन समाजका महिलालाई आफ्नो अधिकार, सम्मान र शक्तिप्रति जागरुक बनाउन चाहन्छिन्। नवश्रीको महाकाली नामक सर्ट फिल्ममा गीत/निर्माता/अवधारणा/ स्वयम् नव्यश्रीको रहेको छ भने निर्देशक- काजिश श्रेष्ठ रहेका छन् । फिल्ममा नव्यश्रीका अलावा कलाकार- लोमस शर्माको अभिनय रहने छ । फिल्ममा, गायिका- एलिना चौहान, श्रीधर अधिकारीको स्वरमा संगीतकार श्रीधर अधिकारीका गीतहरू रहनेछन् । त्यसैगरी फिल्मको कोरियोग्राफर- सरोज श्रेष्ठ,पोस्टर डिजाइनर – विजय बस्याल, फोटोग्राफर – हरि न्यौपाने, ओरेन्ज – मिक्सिङ एचबीएन किस्मत, रेकर्डिस्ट – आकाश नेपाली, स्टुडियो – ज्ञम्द्य ज्म्, क्यामेरा – अर्जुन तिवारी र टोली र सम्पादन – मिलन विश्वकर्मा रहनेछन् ।

भारतको सुन्दर सहर दार्जिलिङको सिलगढी निवासी सामाजिक सञ्जालस्टार नव्यश्री (मञ्जु थापा) परिचित प्रतिभा हुन् । आफ्नो प्रतिभा र सुन्दरताका कारण उनले धेरै उपलब्धि हासिल गरिसकेकी नव्यश्रीको सानै उमेरमा भएको यात्रा हो । उनले १४ वर्षकै उमेरमा आफ्नो मोडलिङ करियर सुरु गरेकी थिइन् १५ वर्षको उमेरमा उनले प्लानेट मिस इन्डिया वर्ल्ड २०१८, मिस टिन रिपब्लिक अफ इन्डिया २०१८ र मिस नर्थईस्टको उपाधि जितेकी थिइन् । नव्यश्रीले सामाजिक सञ्जालमा आफ्ना तस्वीरहरू पोस्टहरू सेयर गर्न थालेपछि उनी दिव्या भारती र श्रीदेवीसँग मिल्दोजुल्दो अनुहारका कारण सामाजिक सञ्जालमा निकै छिटो भाइरल भइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu