Connect with us
Kapilvast Forest

विओपी सप्तरी वनैनियाद्धारा पटकाजन्य पदार्थ नष्ट

२०८०, ४ मंसिर सोमबारमा प्रकाशित

सप्तरी- सप्तरीको राजगढ गाँउपालिका ६ कुनर स्थीत विओपी बनैनियाले करिब एक लाख बराबरको पटका जन्य पदार्थ नष्ट गरेको छ । विओपी बनैनियाका प्रहरी निरिक्षक ओरेन तामाङ्गको कमाण्डमा खटिएको टोलीले ८२ हजार ४ सय १४ रुपैया बराबरको पटका जन्य वदार्थ नष्ट गरेको हो ।

भारतबाट अबैध रुपमा विभिन्न समयमा नेपाल भित्राइएको नोरस्टोप फन ४ प्याकेट, गुर्गीक मुडक ३ थान, सिफल बम २ प्याकेट, फ्लावर पोष्ट ५ थान, कडनाली १ प्याकेट , झिरझिर ८ प्याकेट नष्ट गरीएको सशस्त्र प्रहरी निरिक्षक ओरेन तामाङ्गले जानकारी दिनुभयो ।
बरामद उक्त विष्फोटक पदार्थ विओपी परिषरमा खडक खनी नष्ट गरिएको छ ।

उक्त विस्फोटक पर्दाथ नष्ट गर्ने कार्यमा राजगढ गाँउपालिका वडा नं का वडा सदस्य सुमित्रा कुमारी खग, प्रहरी चौकी भुटकीका प्रहरी हवल्दार राजेन्द्र कुवर, स्थानिय राम कुमार खग, सुर्यनारायण खग र महिन्द्र खगको उपस्थिती रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu