Connect with us
Kapilvast Forest

प्राप्त उपलब्धि रक्षाका लागि एक हुन प्रधानमन्त्रीको आग्रह

२०८०, ६ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गर्नुभएको छ । बुधबार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्ने बताउनुभयो । उहाँले आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिको रक्षा गर्न बिर्सिने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको औँल्याउनुभयो ।

‘‘नेपालको इतिहासमा चाहे राणा शासनविरोधी आन्दोलनको कुरा होस् वा निरङ्कुश निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनको कुरा होस् । त्यसमा नेपाली जनताको र काठमाडौँ उपत्यकाका नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सबै ठुला क्रान्तिपछि प्रतिगामी वा इतिहासको मञ्चबाट गलहत्त्याइएका तत्त्वहरूले एकपटक फेरि फर्कने जमर्को गर्छन् । उनीहरूले अन्तिम रूपमा तागत प्रयोग गर्छन् ।

प्राप्त उपलब्धिको रक्षा गर्न जति सतर्क हुनुपर्ने थियो, जति तागत लगाउनुपर्ने हो, त्यो हामीले सकेका छैनौँ । हाम्रो त्यही कमीबाट आन्दोलन सफल भएपछि रिल्याक्स भएर छोड्ने हाम्रो परम्परा रह्यो । त्यसकै फाइदा उठाएर प्रतिग्रामी तत्त्वहरू फेरि पुनरागमन गर्ने षड्यन्त्रमा छन् ।’’ प्रधानमन्त्री प्रचण्डले जनताका हक अधिकारका लागि अझै अघि बढेर लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu