Connect with us
Kapilvast Forest

चन्द्रौटा महोत्सव तयारी सुरु,सरोकारवाला सँग अन्तरक्रिया

२०८०, २३ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा आयोजित ८ औ चन्द्रौटा महोत्सवको तयारी स्वरुप अन्तरक्रिया गरिएको छ । चन्द्रौटा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव पुस १३ गते देखि २४ गते सम्म लाग्ने भएको छ । महोत्सव सफल बनाउन आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिदै विगतमा भन्दा फरक तवरले संचालन गर्नुपर्ने बताउनुभयो । महोत्सवले स्थानीयहरुलाई फाइदा हुने गरी काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
चन्द्रौटामा महोत्सवले आपसी भाइचाराको सम्बन्ध कायम गर्नुको साथै आर्थिक चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । शिवराज नगरप्रमुख अजय थापाले महोत्सव सफल बनाउन स्थानीय व्यापारीहरुलाई विशेष छुट दिनुपर्ने बताउनुभयो । महोत्सव शिवराज नगरपालिकाको सान रहेकोले सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । उपप्रमुख शिवकुमारी थारुले महोत्सवमा विभिन्न समुदायले उत्पादन गरेका सामाग्रीहरुलाई स्थान दिनुपर्ने बताउनुभयो । कृषि,पर्यटनलाई जोड दिदै स्टलहरु व्यवास्थापन गर्न सुझाव दिनुभएको छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेर अलि मियाले महोत्सव यस क्षेत्रको आर्थिक विकास र समृद्धीमा मद्धत पुग्ने बताउनुभयो ।
कार्यक्रम बोल्ने वक्ताहरुले महोत्सवलाई भव्य रुपमा सफल बनाउन सबै क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । चन्द्रौैटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव राजकुमार क्षेत्रीले गर्नुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu