Connect with us
Kapilvast Forest

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

२०८०, १२ माघ शुक्रबारमा प्रकाशित

काठमाडौ ।   प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई कारोबारीलाई पक्राउ गरेको छ ।

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई  बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu